अफगानिस्तानबाट सबै अष्ट्रेलियाली सैनिक फिर्ता
सिडनी, १ पुस। अफगानिस्तानमा नेटो सैनिक समूहअन्तर्गतका सबै अष्ट्रेलियाली सैनिक फिर्ता भइसकेका जनाइएको छ।
अफगानिस्तानको उरुज्गान प्रान्तमा रहेका एक हजार सैनिक आइतबार फिर्ता त्यहाँ रहेका सबै अष्ट्रेलियाली सैनिक फिर्ता भइसकेको जानकारी अष्ट्रेलियाली प्रधानमन्त्रीले दिए।
साथै उनले सैनिक समूहमा रही विगत एक वर्ष कार्यरत रहँदा अष्ट्रेलियाका कम्तीमा ४० जना सैनिकको ज्यान गएको जानकारी पनि दिएको छ।
सन् २०१४ को अन्त्यसम्ममा नेटोका सबै सैनिक फिर्ता भइसक्ने घोषणा यसअघि नै विभिन्न्ा देशले गरेका थिए। सोही बमोजिम नै अष्ट्रेलियासहितका विभिन्न्ा देशले आ आफ्ना सैनिक फिर्ता गर्ने काम गतवर्षदेखि नै सुरु गरेका हुन्।
सियानजिङ्मा दङ्गा, सोह्रको मृत्यु
बेइजिङ, १ पुस। समय–समयमा जातीय द्वन्द्व भइरहने सुदुरपश्चिमी क्षेत्रमा आइतबार पुनः भड्एिको जातीय दङ्गामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको समाचार छ। चिनियाँ सरकारी सञ्चामाध्यमहरूबाट प्राप्त समाचारमा सो क्षेत्रमा भएको पछिल्लो यस्तो झडपमा परी ती नागरिक मारिएका हुन्। सञ्चारमाध्यमहरूले आइतबार रातिदेखि सोमबार बिहानसम्म सो भिडन्त जारी रहेको बताइएको छन्।
सो क्षेत्रका केही नागरिकलाई प्रहरीले पक्राउ गर्न खोज्दा आक्रमण भएको थियो। सो आक्रमणमा परी ती नागरिक मारिएका बताइएको छ।
आक्रमणमा परी दुई जना प्रहरी अधिकारी पनि मारिएका छन्। भने अरु केही व्यक्ति घाइते पनि भएका छन्। प्रहरीले आक्रमणको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। सो घटनाको विस्तृत अनुसन्धान पनि सुरु गरिएको समाचारमा जनाइएको छ। सो क्षेत्रमा उहिगुर नामको एक मुस्लिम अल्पसङ्ख्या जाति बस्दै आएको छ। एएफपी/सिन्ह्वा |