September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

विमानस्थल सुनसान, बसपार्कमा भनाभन

जुम्ला, २ पुस। नेपालगञ्ज र सुर्खेतबाट जुम्लाका लागि उडान भर्ने निजी विमान कम्पनीले एक्कासि भाडा बढाएपछि जुम्लाका अधिकांश यात्रु कर्णाली राजमार्ग हँुदै यात्रा गर्र्ने गरेका छन्।  

निजी विमान कम्पनीले सुर्खेत नेपालगञ्जमा लोड नभएको भन्दै जुम्लाबाट साढे १२ हजार रुपैयाँ नतिरेसम्म उडान नभर्ने अडान राखेपछि यात्रु कर्णाली राजमार्गबाटै जान थालेका हुन्। जुम्ला विमानस्थलमा चार दिनसम्म टिकटको पर्खाइमा बसेका मालिकाठाँटा–६ का धनबहादुर रावतले विमानस्थलमा टिकट नपाएर बसपार्कबाट कर्णाली राजमार्ग हँुदै जानु परेको बताउनुभयो।  

उहाँले भन्नुभयो– “हवाई जहाज चढौं आर्थिक पहँुच छैन, बसमा जाऔं भनाभन निकै गर्नुपर्दछ।” यहाँको बसपार्कमा दैनिक दुईवटा बस सुर्खेत नेपालगञ्जका लागि छुट्छन् तर त्यसमा पनि यात्रुहरूले एकले अर्कोलाई गालीगलौज र भनाभन गरेपछि मात्र टिकट पाइयो, रावतले दुःखेसो पोख्नुभयो। 

प्रत्येक बसमा निकै घुइँचो हुन्छ, उहाँले भन्नुभयो– एउटा टिकट लिन कैयौंसँग तितोपिरो गर्नुपर्ने हुन्छ। हवाई टिकट नपाएको दुई दिनभित्रै उहाँले बसको टिकटका लागि पहल गर्नुभएको थियो।  

व्यक्तिगत कामको सिलसिलामा नेपालगञ्ज जाने धेरैले हवाइजहाजमा जाँदा झण्डै १३ हजार रुपैयाँ खर्च गर्नुपर्छ। विमानस्थलमा रहेका निजी विमान कम्पनीका सबै  स्टेसनका कर्मचारीले तलतिर लोड नभएकाले हवाइजहाज घाटामा चलिरहेको र त्यसको खर्च माथितिरबाट जानेबाट उठाउने गरेको जनाएका छन्। 

कर्णालीवासीलाई सेवा दिने नाममा निजी हवाइ कम्पनीले ठगेको, पहँुचका आधारमा टिकट वितरण गर्ने गरेको, सर्वसाधारणलाई वास्तासमेत नगरेको गुनासो जिल्ला प्रशासन कार्यालयमा गर्दै आएका छन्। 

जिल्ला प्रशासन कार्यालय जुम्लाले पनि विमानस्थलमा भइरहेको मनपरी हटाउन सहायक प्रमुख जिल्ला अधिकारी चेतनकुमार खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। छानबिन समितिको पहिलो बैठकले तलतिरबाट लोडसहित हवाइजहाज आए सहुलियत दरमै उडान भर्ने र लोड नभए चार्टर फ्लाइट साढे १२ हजार रुपैयाँ लिएर उडान भर्ने निर्णय गरेको थियो।  

औपचारिकरुपमै निर्णय भएपछि निजी विमान कम्पनी मोटाउने काम काममात्र भएको स्थानीयवासीको गुनासो छ। रासस