|
युवा श्रम र ज्ञान स्वदेशमै खर्च गरौं
भक्तपुर, २ पुस। अर्थाेपार्जन गर्ने उद्देश्यले देशका युवाहरू वैदेशिक रोजगारको निम्ति जाने क्रम रोकिएको छैन। नेपाली युवाहरू भकाभक विदेशिने क्रममा छन्। सामान्यतः उनीहरू खाडी मुलुक जस्तै साउदी अरब, जोर्डन, दुबई, कतारतिर जान्छन्। नेपालीहरूले त्यस ठाउँमा राम्रोको काम विरलैमात्र पाउँछन्। नेपालीहरू विदेशिने मुख्य कारणमा देशको राजनीतिक अस्थिरता, बेरोजगार अनि गरिबी हो। आज नेपाली युवाहरू घर खेत बेचेर विदेश जान्छन्। तर त्यहाँ उनीहरूले पाउने काम भनेकै तल्लो तहको हुन्छ। तलब पनि सन्तोषजनक हुँदैन। वैदेशिक रोजगारमा जानुअघि विभिन्न किसिमका सीप विकासका तालिमहरू लिएर जानुपर्दछ नत्र त्यहाँ पुगेर दुःख पाउने सम्भावना बढी हुन्छ। सीप विकासका साथसाथै भाषा पनि सिक्न जरुरी छ। अहिले पनि विभिन्न दलाल र म्यानपावर कम्पनीहरूबाट विभिन्न नेपाली चेलीबेटीहरू तथा युवा कामदारहरू विदेशमा अलपत्र परेका छन्। जब संसारभरि आर्थिक मन्दी थियो, त्यतिखेर नेपालमा भने खासै असर परेको थिएन किनभने नेपालको ६० प्रतिशत अर्थतन्त्र विदेशबाट आउने रेमिट्यान्सले धान्दछ। नेपालीहरू संसारभरि नै छरिएर बसेका छन् र विभिन्न ठाउँबाट आउने पैसाले हाम्रो देशले आर्थिक मन्दीले असर परेन।
तसर्थ नेपालीले आफ्नो देशमा नै केही गर्न खोज्नुपर्छ। आफ्नो श्रम, समय र ज्ञान स्वदेशमै खर्चिनुपर्दछ। –मन्दिरा खड्का, प्रशिक्षार्थी
|