दलित बस्तीमा खानेपानीको अभाव
डडेल्धुरा, २ पुस। डडेल्धुराको अजयमेरु गाविसका दर्जनौं दलित बस्तीमा खानेपानीको चरम अभाव रहेको छ।
उक्त गाविसका हाट, रोल्ली, जिजोडालगायतका दर्जनभन्दा बढी दलित बस्तीमा वषर्ौंदेखि खानेपानी सङ्कट रहेको हो।
सरकारी तथा गैरसरकारी विभिन्न निकायमा वषर्ौंदेखि खानेपानीका लागि माग राख्दै आएको भए पनि सुनुवाइ नभएको स्थानीय बासिन्दाको गुनासो रहको छ।
गाउँमा परम्परागत कुवा भए पनि पानी निकै कम आउने भएका कारण अभाव सिर्जना हँुदै आएको स्थानीय गुजे सार्कीले बताउनुभयो। “जनसङ्ख्या धेरै छ, कुवा सुक्दै गए” सार्कीले भन्नुभयो, “अन्य व्यवस्थाबाट खानेपानी सुविधा विस्तारका लागि कसैबाट सुनुवाइ नै भएको छैन।”
खानेपानी अभाव रहेकै बेला बस्तीलाई हालै खुला दिसा पिसाबमुक्त घोषणा गरिएको स्थानीय बासिन्दा बताउँछन्। खानेपानी विस्तार गरेर मात्र बस्तीलाई खुल्ला दिसा पिसावमुक्त गर्न माग राख्दाराख्दै दबाबमा घोषणा गरिएपछि पानीको समस्या झनै थपिएको उनीहरूको भनाइ छ। “खानलाई पानी पाउँदैनांै शौचालयमा कहाँबाट प्रयोग गर्ने?” जिजोडाका डम्बर सार्कीले भन्नुभयो, “शौचालयसँगै पानीको सुविधा पनि गाउँमा ल्याइदिएको भए खुल्ला दिसा पिसाब मुक्त घोषणा गर्नुको अर्थ हुन्थ्यो।” रासस |