अमेरिकाको एक अस्पतालमा गोलीहानी दुईको हत्या
लस एन्ञ्जलस, ३ पुुस। मङ्गलबार अमेरिकाको लस एन्ञ्जलसमा एक अज्ञात व्यक्तिले गोली हानी दुईका हत्या गरेको छ।
सो गोली काण्डमा परी अरु दुईजना नराम्ररी घाइते भएका समाचारमा जनाइएको छ। एक अस्पतालको औषधि पसलनजिकै सो गोली चलेको बताइएको छ।
लस एन्जलसको नेभादा सहरमा रहेको रिनाउन मेडिकल सेन्टर नामको सो अस्पतालमा गोली चलेको थियो। स्थानीय प्रहरी अधिकारीले उक्त गोली काण्डमा परी दुई जनाको ज्यान गएको र अरु दुई जना घाइते भएको जानकारी दिएका छन्। मारिनेमा एकजना गोली प्रहार गर्ने व्यक्ति नै रहेको पनि समाचारमा जनाइएको छ। ती प्रहरी अधिकारीले मारिनेमा एकजना गोली प्रहार गर्ने व्यक्ति नै परेको बताउँदै थप अनुसन्धान जारी रहेको जानकारी दिए।
गतवर्षमात्र अमेरिकाको स्यान्डी हकमा भएको व्यापक गोलीकाण्डको वार्षिकीकै समयमा यो अर्काे गोलीप्रहारको समाचार आएको छ। गत वर्ष स्याण्डी हकको एक विद्यालयमा भएको गोलीकाण्डमा परी २६ जनाको ज्यान गएको थियो। अमेरिकाका समय समयमा यस्ता गोलीकाण्डका घटना घटिरहेका हुन्छन्। एएफपी
|