|
आगलागीमा ५० लाखको धनमाल नष्ट
काठमाडौं, १८ कार्तिक। बल्खुस्थित राजेन्द्र रुपाखेतीको किराना पसलमा आगलागी हुँदा ५० लाखको धनमाल नष्ट भएको छ। स्थानीय बुद्धिराज महर्जनको घरमा सञ्चालन गरिएको सो पसलमा सोमबार राति विद्युत् सट भई आगलागी भएको बल्खुस्थित महानगरीय प्रहरी प्रभागका प्रमुख पुष्प लामिछानेले जानकारी दिए। उनले आगो लागेपछि प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा मङ्गलबार बिहान ४ बजेतिर आगो नियन्त्रणमा लिइएको र मानवीय क्षति भने नभएको बताए। पसलको बीमा गरिएको थाहा भएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रभागले जनाएको छ।
|