September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

ओबामासँग सेल्फी लिन खोज्दा जागिर चट

एजेन्सी। अमेरिकी राष्ट्रपति बाराक ओबामासँग सेल्फी लिने हुँदा अमेरिकाका एक व्यक्तिको जागिर चट भएको छ। 
    कन्स्ट्रक्सनसम्बन्धी काम गरेका केनेथ टेट उनी अमेरिकास्थित 'सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन' (सीडीसी) मा वार्षिक ४२ हजार डलरको आकर्षक तलबमा सेक्युरिटी गार्डको जागिर गर्न पुगेका थिए। तर, ओबामासँग सेल्फी लिने हुँदा उनले जागिरबाट निकालिनुपरेको छ।
    सेप्टेम्बरमा उनले राष्ट्रपति बाराक ओबामासँग सेल्फी लिन खोजेपछि सुरक्षा व्यवस्था कायम गर्न गम्भीर नभएको आरोपमा आफूलाई जागिरबाट निकालिएको केनेथले गुनासो गरेका छन्। यदद्यपि, आफूले सेल्फी लिन खोज्दा सुरक्षा व्यवस्थामा कुनै प्रकारको जटिलता उत्पन्न नभएको र जागिरबाट निकालेर आफूमाथि अन्याय भएको आरोप उनले लगाएका छन्।