September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

विदेश निरीक्षणमा जाने कार्यदल गठन

काठमाडौा, २० कार्तिक। कुवेतस्थित नेपाली दूतावासको आश्रयस्थलमा रहेका महिला श्रमिकको अवस्थ्ाा तथा विदेशमा रहेका नेपाली कामदारको स्थिति एवं मानवाधिकारवादी, परराष्ट्र, श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी सङ्घसँग जानकारी लिन सात सदस्यीय कार्यदल गठन भएको छ। 
    व्यवस्थापिका–संसद्अन्तर्गतको सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको बैठकले नेपाली काँग्रेसका सांसद शिवबहादुर खड्का संयोजक रहेको सात सदस्यीय उपसमितिस्तरको कार्यदल गठन गरेको हो। उक्त कार्यदललाई ती निकायहरूबाट जानकारी लिई तीन साताभित्र प्रतिवेदन पेस गर्ने अधिकार दिइएको छ। 
    बैठकले देशका विभिन्न कारागारको व्यवस्थापन र त्यहाँ रहेका बन्दीको मानवाधिकारको अवस्थाका बारेमा स्थलगत अध्ययन अवलोकन गरी सुझावसहित तीन साताभित्र प्रतिवेदन पेस गर्न नेकपा (एमाले)का सांसद पाँचकर्ण राईको संयोजकत्वमा सात सदस्यीय उपसमितिस्तरीय कार्यदल पनि गठन गरेको छ। 
    त्यसैगरी बैठकले एनेकपा
(माओवादी)का सांसद हितराज पाण्डेको संयोजकत्वमा १३ सदस्यीय शान्ति तथा पुनःनिर्माण उपसमिति, नेकपा (एमाले)का सांसद टुकाभद्र हमालको संयोजकत्वमा मानवाधिकार उपसमिति र नेपाली काँग्रेसका मुख्तार महमदको संयोजकत्वमा १४ सदस्यीय सामाजिक न्याय उपसमिति पनि गठन गरेको छ।