September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

चिनियाँ राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच भेटवार्ता


    बेइजिङ, २५ कात्तिक। चिनियाँ राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच भएको भेटवार्ता भएकोे छ। 
    हालैका दिनमा देखापरिरहेको यी दुई देशबीचको विवादको समाधानका लागि सहयोगी हुनसक्ने भेटवार्ता चिनियाँ राष्ट्रपति सि र जापानी प्रधानमन्त्री सिन्जो अबेबीच सोमबार बेइजिङमा भएको थियो। 
    सो भेटवार्ताका कारण यी दुई देशका बीचमा जारी रहेको भनिएको तनाव कम गर्नका लागि सहयोग पुग्ने अमेरिकाले मङ्गलबार जनाएको छ।
    हालैका दिनमा जापान र चीनबीच सामुद्रिक कानुन र सिमानाका विषयलाई लिएर विवाद उत्पन्न भएको छ। जसका कारण यी दुई देशका नेतृत्वबीच लामो समयसम्म वार्ता हुन सकेको थिएन। 
    चिनियाँ राष्ट्रपति सि जिनपिङ र जापानी प्रधानमन्त्री सिन्जो अबे सत्तामा आएपछि पहिलोपटक सोमबारमात्र द्विपक्षीय भेटवार्ता भएको होे।
    यो भेटवार्तालाई जापानी प्रधानमन्त्री अबेले हालको सम्बन्धलाई थप विस्तार गर्ने एक माध्यमको सुुरुवात भएको बताउनुभएको छ।
सो भेटवार्ताका क्रममा जापानी प्रधानमन्त्री अबेले आगामी दिनमा उक्त सामुद्रिक तथा सीमासम्बन्धी समस्याको समाधानका लागि सिधा टेलिफोन सम्पर्क स्थापना गरिनुपर्ने सुझाव दिनुभएको बताइएको छ।
    चीनमा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसनको बैठकको सम्मेलनको अयोजना गरिरहेको र सो कोअपरेसनमा सहभागिताका लागि जानुभएका जापानी प्रधानमन्त्री अबेले चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको थियो। 
    उहाँहरूबीच आधा घन्टामात्र वार्ता भएको अधिकारीहरूले जनाएका छन्। तरपनि विगतका केही वर्षदेखि यी दुई देशबीचमा सीमासम्बन्धी समस्या भएकोले उहाँहरूबीचको भेटवार्तालाई महत्त्वका साथ हेरिएको हो।                    एएफपी