September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

भारतको परिवार नियोजनमा चिकित्सकको लापरबाही

नयाँ दिल्ली, २५ कार्तिक। भारतमा स्थायी परिवार नियोजनका लागि महिलालाई आयोजना गरिएको शिविरमा भएको चिकित्सकको लापरबाहीका कारण कम्तीमा पनि आठजना महिलाको ज्यान गएको समाचार छ।
    सो लापरबाहीका कारण अरु २० जना महिला गम्भीर रुपमा बिरामी परेका छन्। सो जानकारी भारतीय सञ्चारमाध्यमले मङ्गलबार दिएका छन्। 
    भारतीय राज्य छत्तीसगढमा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा उक्त घटना भएको बताइएको छ। उक्त शिविर सो राज्यको सरकारी स्वास्थ्य अधिकारीहरूले नै आयोजना गरेका हुृन्।
    भारतको छत्तीसगढमा दुई दिनमात्र अघि सो शिविरको आयोजना गरिएको र त्यसमा सयौं महिला सहभागी भएका थिए।
उक्त कार्यक्रममा सहभागी भएकामध्ये अरु २० जना गम्भीर रुपमा बिरामी परेका छन्। परिवार नियोजनाका क्रममा भएको शल्यक्रियामा लापरबाही हुँदा ती महिलाको मृत्यु भएको समाचारमा जनाइएको छ। सो घटनाका बारेमा छानबिन गर्न छत्तीसगढ राज्यको स्वास्थ्य विभागले तीन सदस्यीय एक छानबिन समिति गठन गरेको छ। 
    छत्तीसगढ राज्यका स्वास्थ्यमन्त्री अमार अग्रवालको गृह जिल्लामा नै सो स्वास्थ्य शिविरको आयोजना गरिएको थियो। गएको शनिबार सो शिविरको आयोजना गरिएको थियो।
    भारतीय सरकारको जनसङ्ख्या नीतिबमोजिम उक्त शिविरको आयोजना गरिएको हो। स्थायी परिवार नियोजनमा सहभागी भएका महिलाले एक हजार ४०० भारतीय रुपैयाँ पाउने गर्छन्।
    काङ्ग्रेस नेता दिग्बिजय सिंहले सो घटनाको विरोध गर्दै उक्त लापरबाहीमा संलग्न अधिकारीमाथि कडाभन्दा कडा कारबाही गर्न माग गर्नुभएको छ।  
    अल इण्डिया काङ्ग्रेस कमिटीले स्वास्थ्यमन्त्री अमारको राजिनामाको माग गरेको छ। यसलाई सर्वसाधारण नागरिकमाथिको हदैसम्मको लापरबाही र अन्याय हो भन्दै मन्त्रीले तत्कालै राजिनामा दिनुपर्ने उसले बताएको छ।           सिन्ह्वा