|
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा सुधारसम्बन्धी कदमहरू सार्वजनिक
पैचिङ, २६ कार्तिक। चिनियाँ कम्युनिष्ट पार्टीले सुधारसम्बन्धी कदमहरू सार्वजनिक गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले सुधारलाई चौतर्फी रुपमा ग्रहण गर्ने लक्ष्य प्रस्तुत गरेको छ। सो लक्ष्य चिनियाँ विशेषतायुक्त समाजवाद व्यवस्थाको सुधार र विकास गर्नु, राष्ट्रिय शासन प्रणाली र शासन क्षमताको आधुनिकीकरणलाई अगाडि बढाउनु र सन् २०२० सम्ममा महत्त्वपूर्ण क्षेत्रको सुधारमा निर्णयक उपलब्धि हासिल गर्नु हो। हालसम्म चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आयोजना भएको एक वर्ष भइसकेको छ। विगत एक वर्षमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले सुधारसम्बन्धी २१ वटा महत्त्वपूर्ण र ठूला कदम सार्वजनिक गरेको छ। ती कदमहरूमा ग्रामीण क्षेत्रको सुधार, वित्तीय तथा कर प्रणालीको सुधार, सांस्कृतिक प्रणालीको सुधार र शाङ्घाई स्वतन्त्र व्यापार क्षेत्रको परीक्षात्मक क्षेत्रको कार्य प्रगति आदि समावेश छन्। सन् २०१४ को जनवरी १९ तारिख जन गणतन्त्र चीनको केन्द्रीय सरकारको वेभसाइटले “ग्रामीण क्षेत्रको सुधारलाई चौतर्फी रुपमा गहन पार्ने र कृषिको आधुनिकीकरणलाई गति प्रदान गर्नेसम्बन्धी चीनको राज्य परिषद्को प्रस्ताव'' सार्वजनिक गरेको थियो। सन् २०१४ फेब्रुअरी २८ तारिखका दिन सुधारलाई चौतर्फी रुपमा गहन पार्ने केन्द्रीय समितिको नेतृत्व टोलीका प्रमुखको जिम्मेवारी लिनुभएका चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिन फिङले सो टोलीको दोस्रो बैठकको अध्यक्षता गर्नुभयो। उक्त बैठकमा “सांस्कृतिक प्रणालीको सुधारसम्बन्धी कार्यान्वयन मस्यौदा'' पारित भएको थियो। सी चिन फिङले सन् २०१४ अक्टोबर २७ तारिख सो टोलीको छैठौं बैठकको अध्यक्षता गर्नुका साथै महत्वपूर्ण सम्बोधन गर्नुभयो। यस पटकको बैठकले “चीनको शाङ्घाई स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्रको कार्य प्रगति र सुधारको परीक्षात्मक अनुभवको प्रचारप्रसारसम्बन्धी प्रस्ताव“को लेखाजोखा गर्यो। सो अवसरमा राष्ट्राध्यक्ष सी चिन फिङले शाङ्घाई स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्रले स्थापना भएयता धेरै क्षेत्रहरूमा सवि्र्कयताका साथ अन्वेषण र परीक्षण गरेको र केही नयाँ उपलब्धि हासिल गरेको जनाउनुभयो। |