September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

महिनावारी भएका बेला किशोरी विद्यालय जान वञ्चित

अछाम, २७ कार्तिक। जिल्लाका विद्यालय उमेरका किशोरी महिनावारी भएका बेला विद्यालयमा कमै उपस्थित हुने गरेको पाइएको छ। 
    विद्यालय उमेरका किशोरी महिनावारी भएका बेला विद्यालयमा उपस्थित नहुने गरेको पाइएको हो। महिला तथा बालबालिका कार्यालय अछामले जिल्ल्ाामा गरेको सर्वेक्षणका आधारमा महिनावारीका बेला किशोरी विद्यालयमा कमै उपस्थित हुने गरेको भेटिएको हो। विद्यालयमा जाने किशारीको समस्या समाधानका लागि महिला तथा बालबालिका कार्यालय अछामले जिल्ल्ााका विभिन्न विद्यालयमा किशोरी प्रजनन सहयोग कोष स्थापना गरेको छ। 
    सो कार्यालयले जिल्लाका कुइका गाविसको महाकाली मावि वैद्यनाथको सूर्यचन्द्र उमावि, गाँज्राको राष्ट्रभाषा मावि र सदरमुकाममा रहेको शोडषा उमावि मङ्गलसैनमा रु. १० हजार  बराबरको कोषको स्थापना गरेको जानकारी कार्यालयका छाउपडी परियोजना अधिकृत गोपी सिंह नेपालीले जानकारी दिनुभयो। रासस