September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

कामको खोजीमा अछामका युवा भारत पलाएन

अछाम, २७ कार्तिक। कामको खोजीमा अछामका युवा भारत पलाएन भएका छन्। 
    जिल्लामा कुनै काम नपाइने र आफ्नो घरको खेतीपातीको काम सकिएकाले कामको खोजीमा अछामी युवा भारत पलाएन भएका हुन्।
     जिल्ल्ााका अधिकांश गाविसका युवा कामको खोजीमा भारत जाने गर्दछन्। कामको खोजीमा भारत जाने युवाको घुइँचोले बसमा टिकट दिनसमेत ठूलो समस्या हुने गरेको सुदूरपश्चिम बस तथा मिनीबस व्यवसायी समिति मङ्गलसेन काउन्टरका सञ्चालक राजेशबाबु बोगटीले बताउनुभयो। 
    अछामबाट दैनिक १५ देखि २० जना युवा भारत पलायन हुने गरेको कैलालीको धनगढीमा होटल व्यवसाय गरिरहेका अछाम बर्दादेवी होटलका सञ्चालक लोकबहादुर साउदले बताउनुभएको छ। 
    स्थानीयस्तरमा रोजगारीका लागि कुनै काम नभएको र सामान्य घर खर्च धान्न समस्या भएका कारण भारत जानु परेको अछामको कुईका गाविसका युवा सन्तोष तिमिल्सेनाले बताउनुभयो।
    कामको खोजीमा भारत गएका युवामध्येमा कतिपय कमाईपश्चात् घर फर्किने गरेको र कतिपय भारतमा पनि काम नपाउँदा कुलतमा लाग्ोर घर नफर्कने समस्या रहेको छ। रासस