|
चिसोसँगै बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि
गौशाला, २७ कार्तिक। बढ्दो चिसोसँगै अहिले महोत्तरीमा बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएको छ। मौसम परिवर्तनसँगै बढेको जाडोका कारण अहिले महोत्तरीको घरघरमा रुघाखोकी, ज्वरो, टाइफाइड र निमोनियाका बिरामीको सङ्ख्या बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाको प्रत्येक घरमा अहिले दुई/तीनजना औसतमा बिरामी रहेको जिल्लावासीले बताएका छन्। जिल्ला अस्पतालमा अहिले दैनिक २५० देखि ३०० सम्म बिरामी उपचारका लागि आउने गरेका छन् भने जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि दैनिक ५० देखि ७० जनासम्म बिरामी उपचारका लागि आउने गरेको चिकित्सकले बताएका छन्। मौसममा भएको परिवर्तनस्वरुप आएको चिसोबाट जिल्लाका बूढापाका र बालबालिका बढी प्रभावित भएको चिकित्सकले बताएका छन्।
|