|
फुटबलका हस्ती पेले अस्पताल भर्ना
काठमाडौं, २७ कार्तिक। फुटबलका हस्ती लेजेन्ड पेले अस्पताल भर्ना भएका छन्। ब्राजिलियन ७४ वर्षका महान फुटबल खेलाडी पेले बुधबार साओपाउलो अस्पताल भर्ना भएको त्यहाँको सञ्चारमाध्यमलाई उद्धृत गर्दै दि गार्जियनले जनाएको हो। दि गार्जियनका अनुसार पेटको दुखाइका कारण पेलेलाई अस्पताल भर्ना गरिएको हो। स्थानीय सञ्चारमाध्यमका अनुसार पेलेको अवस्था सामान्य रहेको छ। स्वास्थ्य समस्या देखाउँदै उनी किताब विमोचन कार्यक्रममा पनि अनुपस्थित भएको समाचारमा उल्लेख छ।
|