|
भूमिगत रेलमा बम विस्फोट
कायरो, २७ कार्तिक। इजिप्टको एक भूमिगत रेलमा बिहीबार भएको बम विस्फोटमा कम्तीमा सात व्यक्ति घाइते भएका सुरक्षा अधिकारीहरूले जनाएका छन्। उक्त भूमिगत रेललाई 'कायरो मेट्रो'को नामले प्रख्यात छ। केही दिनयता इजिप्टमा सिनाई आबद्ध जिहादी समूह आन्सार बेइट अल माक्दिस आतङ्ककारी समूहद्वारा जारी शृखलाबद्ध आक्रमणबाट प्रभावित रहेको जनाइएको छ। गत हप्ता पनि राजधानीको उत्तरी भागमा पर्ने एक क्षेत्रको रेलमा भएको बम विस्फोटमा परी कम्तीमा चार व्यक्तिको ज्यान गएको थियो। ज्यान गुमाउने ती व्यक्तिहरूमा दुई प्रहरी पनि रहेका थिए। राष्ट्रपति भवन नजिकै कायरो मेट्रोमा भएको यस बम आक्रमणमा अन्य कयौं व्यक्ति घाइते भएको पनि जनाइएको थियो। एएफपी
|