|
पाकिस्तानी अदालतद्वारा खान र कद्रिविरुद्ध पक्राउ आदेश जारी
इस्लामाबाद, २७ कार्तिक। पाकिस्तानको आतङ्कवादविरुद्धको एक अदालतले बिहीबार पूर्व क्रिकेटर तथा हालका राजनीतिज्ञ इमरान खान र प्रख्यात घार्मिक नेता ताहिर अल कद्रिविरुद्ध बुधबार पक्राउ आदेश जारी गरेको छ। सरकारीविरोधी प्रदर्शनमा हिंसा मच्चाएको आरोपमा खान र कद्रिविरुद्ध पक्राउ आदेश जारी गरिएको बताइएको छ। इस्लामावादस्थित आतङ्ककारीविरुद्धका विशेष अदालतका न्यायाधीश सैयद काउसार अब्बास जाइदीले खान र कद्रि अन्य २६ जनाविरुद्ध पक्राउको आदेश जारी गर्नुभएको बताइएको छ। खान र कद्रिको नेतृत्वमा गत अगस्तको अन्त्यमा कयौं दिनसम्म पाकिस्तानी प्रधानमन्त्री नवाज सारिफको राजीनामाको माग गर्दै प्रदर्शन जारी रहेको थियो। एएफपी
|