|
अफगानिस्तानका राष्ट्रपति पाकिस्तानमा
इस्लामावाद २८ कार्तिक। अफागानिस्तानका राष्ट्रपति असरफ घानी शुक्रबार पाकिस्तान आइपुग्नु भएको समाचार छ। उहाँ दुई दिनको औपचारिक भ्रमणको क्रममा यहाँ आइपुग्नु भएको बताइएको छ। सो भ्रमणको क्रममा उहाँले पाकिस्तानी उच्चस्तरिय नेताहरुसँग प्रमुख सुरक्षा मुद्दालगायत द्वीपक्षीय आर्थिक सहयोगको वृद्धिसम्बन्धी वार्ता गर्नु हुने अनुमान गरिएको छ। अफगान राष्ट्रपतिले तालिवानसँगको वार्ताको लागि पाकिस्तानको सहयोग चाहनुभएको समाचारमा उल्लेख छ। अफगानिस्ताका तालिवानसँगको शान्तिवार्ताको लागि पाकिस्तानको प्रमुख भूमिका रहेको बताइएको छ। अफगान राष्ट्रपति घानीका साथमा वरिष्ठ नेताहरु, मन्त्रिमण्डलका सदस्यहरु र व्यापारीलगायत एकसयभन्दा बढी उच्चस्तरिय प्रतिनिधिमण्डल पाकिस्तान भ्रमणमा रहेका जनाइएको छ। अफगान राष्ट्रपति असरफ घानी गत सेप्टेम्बरमा अफगानिस्तानको राष्ट्रपति बन्नु भएयता पाकिस्तानको भ्रमण गर्नु भएको यो पहिलोपटक हो। तर उहाँको यो दोस्रो विदेश भ्रमण भएको जनाइएको छ। उहाँले राष्ट्रपति पद सम्हाल्नु भएयता पहिलो विदेश भ्रमण चीनको गर्नुभएको थियो। घानीले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ र राष्ट्रपति माम्ानोन हुृसेनसँग भेटवार्ता गर्नुहुने बताइएको छ। त्यसैगरी अफगान राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीको संयुक्त प्रेस सम्मेलन हुने समेत पाकिस्तान सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। सिन्ह्वा
|