|
आइएस प्रमुखको 'नयाँ' अडियो सार्वजनिक
इराकमा हालै गरिएको हवाई आक्रमणमा मारिएका वा घाइते भएको हुनसक्ने चर्चा चुलिरहँदा इस्लामिक स्टेट लडाकू समूहले आफ्ना प्रमुख अबु बकर अल–बगदादीको नयाँ अडियो टेप सार्वजनिक गरेको छ। सामाजिक सञ्जालमा सार्वजनिक १७ मिनेट लामो अडियोमा अल–बगदादी अटेरी सुनिन्छन्। उनले आइएसविरुद्ध अमेरिकी नेतृत्वको आक्रमण असफल बताएका छन्। तर उक्त अडियोले त्यसमा रहको आवाज अल–बगदादीकै हो कि होइन र कहिले रिकर्ड गरिएको हो भन्ने एउटा महत्त्वपूर्ण प्रश्न खडा गरेको छ। प्रत्यक्ष र इराकी फौजको सहयोगमा गठबन्धन सेनाको हवाई आक्रमणले आईएस विद्रोहीको कमाण्ड र नियन्त्रण तथा उसको नेतृत्व एवं आर्थिक स्रोतमाथि असर पुर्याएको छ। यद्यपि अडियो टेपमा बोल्ने शैली र आवाज अल–बगदादीकै जस्तो सुनिन्छ। उक्त टेपमा अल–बगदादीले एकजना लडाकू बाँकी रहेसम्म आक्रमण नरोकिने बताएका छन्। संवाददाताहरू भन्छन्, “रिकर्डि'' आधिकारिक र हालै गरिएको जस्तो लाग्छ। बीबीसीका विश्लेषकहरूका अनुसार अल–बगदादी मारिएको समाचारको खण्डनको रुपमा पनि पछिल्लो अडियो टेप आएको हुनसक्छ। इराकको मोसुल सहर नजिकै गरिएको हवाई आक्रमणमा गत साता उनी मारिएको समाचारहरू सार्वजनिक भएका थिए। अमेरिकी रक्षामन्त्री चक हेगलले आइएस विद्रोहीलाई यथास्थितिमा रोकिएको बताएका छन् बिहीबार सार्वजनिक अडियोमा उक्त आक्रमणबारे कुनै कुरा उल्लेख नगरिए पनि त्यसपछिका केही घटनाक्रमबारे चर्चा गरिएको छ। उक्त टेपमा लिबिया, इजिप्ट र यमनका जिहादी समूहरूको आबद्धताबारे पनि चर्चा गरिएको छ। त्यसमा भनिएको छ, 'हे इस्लामिक स्टेटका सैनिकहरू' जिहादको ज्वालामुखी सबैतिर फुटाओ। सबै तानाशाहविरुद्ध पृथ्वीमा उज्यालो फैलाओ।” आइएस विद्रोहीले इराक र सिरियाको ठूलो भूभागमाथि अझै नियन्त्रण कायम राखेको छ। बीबीसी
|