September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

विकासका लागि शक्ति प्रयोग गर्दैनौं – राष्ट्रपति सि


    सिड्नी, १ मंसिर। चिनियाँ राष्ट्रपति सि जिनपिङले चीनले विकासका काममा कहिल्यै पनि बल प्रयोग नगर्ने धारणा राख्नुभएको छ। 
    उहाँले शान्तिप्रतिको चीनको चाहना र प्राथमिकता प्रस्तुत गर्र्दै आफ्नो देशले बलपूर्वक कुनै पनि काम नगर्ने र नगराउने पनि बताउनुभयो। 
    विश्वको दोस्रो ठूलो आर्थतन्त्र रहेको चीनले विकासका काममा पनि बल प्रयोग गर्ने गरेको र जसका कारण चीनको अर्थतन्त्र एवम् विकासको गतिलाई धेरै सूचकका रुपमा मापन गरिएको आरोप लगाइरहेका बेला उहाँको यो धारणा आएको हो। 
    अष्ट्रेलियाको संसदलाई सोमबार सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ। 
    देशको इतिहासले यो देखाएको छ कि बलपूर्वक गरिने विकास तथा यसका सूचकको वृद्धिले अन्ततः सफलता पाएको छैन त्यसैले हामीले विकासका काममा कहिल्यै पनि बलप्रयोग गरिंदैन–संसदलाई सम्बोधन गर्दै राष्ट्रपति सिले भन्नुभयो।
    हामीलाई इतिहासले यो देखाएको छ कि हामी शान्तिप्रति प्रतिबद्ध छौं र त्यसैको प्रवर्द्धनमा हामी लाग्ने छौं– उहाँले भन्नुभयो।
    चिनियाँ राष्ट्रपति सि जी – २० को सम्मेलनमा सहभागिताका लागि हाल अष्ट्रेलियाको ब्रिसबेनमा हुनुहुन्छ। 
    विश्वका शक्ति राष्ट्र सम्मिलित २० देशका नेता पनि सो सम्मेलनमा सहभागिताका लागि हाल त्यहाँ रहेका छन्। 
    उहाँले थप्नुभयो– तर हामी शान्तिका विपक्षमा हामीमाथि हुनसक्ने आक्रमण र देशमा शान्तिको अवस्था बिथोल्ने तत्वका विरुद्धमा भने हामी पछिल्लो समयमा निकै सतर्क छौं।             एएफपी