September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

आईएससँग डराउँदैनौं – युरोपियन युनियन


    ब्रसेल्स, १ मंसिर। युरोयियन युनियनले सोमबार इस्लामिक स्टेट् (आईएस) आतङ्ककारी समूहसँग डटेर लड्ने प्रतिबद्धता व्यक्त गरेको छ।
    आईएस आतङ्ककारी समूहले अमेरिकी सहायताकर्मी अब्दुल रहमान कासिगको हत्या गरेपछि युरोपियन युनियनले सो प्रतिबद्धता व्यक्त गरेको बताइएको छ। 
    अमेरिकी राष्ट्रपति बाराक ओबामाले कासिगको मृत्युको पुष्टि गर्नुभएको छ। २६ वर्षीय कासिगको हत्याको आइएसले भिडियो पनि सार्वजनिक गरेको थियो।
     सिरिया र इराकमा ठूलो आतङ्क मच्चाइरहेका आईएसले गत अक्टोबरमा पनि एक बेलायती सहायताकर्मी एलन हेनिङ्को हत्या गरेको थियो।
    सोही बेलामा आइएस आतङ्ककारी समूहले कासिगको हत्या गर्ने धम्की पनि दिएको बताइएको छ। 
    सिरिया र इराकमा आतङ्क मच्चाइरहेका आइएस र अन्य आतङ्ककारी समूहसँग क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगबाट सामाना गर्ने युरोपिन युनियनले कडा प्रतिबद्धता व्यक्त गरेको छ। 
    आइएसविरुद्ध अमेरिकाले सिरिया र इराकमा सुरु गरेको हवाई आक्रमणमा युरोपियन युनियनका राष्ट्रहरू बेल्जियम, बेलायत, डेनमार्क, फ्रान्स र नेडरल्यान्ड सहभागी रहेका छन्।     एएफपी