September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

रसियामाथि थप नाकाबन्दीको तयारी


    ब्रसेल्स, १ मंसिर। युरोपियन युनियनले रसियामाथि थप नाकाबन्दी लगाउने बारेमा छलफल सुरु गरेको छ। 
    युरोपेली युनियनआवद्ध युरोपेली राष्ट्रका विदेशमन्त्रीहरूको बैठक सोमबार ब्रसेल्समा सुरु भएको छ। सो बैठकमा रसियामाथि लगाउने थप नाकाबन्दीका बारेमा छलफल सुरु भएको बताइएको छ। 
    तर सो बैठकका केही सहभागीले भने उक्त विषयमा रसियासँग वार्ताको ढोका भने बन्द गरिहाल्न नहुने पनि बताएका छन्। 
    युनियन आवद्ध विदेशमन्त्रीका नयाँ प्रमुख फेडरिक मोगेरिनीले मस्कोसँग वार्ताका लागि ढोका बन्द नै गरिहाल्न भने नहुने धारणा राखेका बताइएको छ।
    युक्रेनका विषयलाई लिएर गएको करिब वर्षदिनयतादेखि पश्चिमी राष्ट्र र रसिया बीचको विवाद चुलिंदै गएको छ। 
    यता युक्रेनको पूर्वी भागमा विद्रोही र सुरक्षा निकायबीच झडप जारी रहेका बेला ब्रसेल्समा विदेशमन्त्रीहरूको बैठक सुरु भएको हो। एएफपी