माइतिघर मण्डलामा चारमुखे घडी
काठमाडौं: काठमाडौंको माइतिघर मण्डलामा चारमुखे घडी राखिएको छ। आसन्न १८ औं सार्क शिखर सम्मेलनको अवसरमा होटल सङ्घ नेपालले यो घडी राखेको हो। सङ्घका अनुसार १० लाख रुपैयाँ लागतमा यो घडी राखिएको हो। घडीसँगै उज्यालोको लागि सोलार पनि जडान गरिएको छ। सोमबार होटल सङ्घ नेपालका अध्यक्ष बीके श्रेष्ठ र काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख धनबहादुर श्रेष्ठले घडी संयुक्त रुपमा उद्घाटन गरेका थिए।
|