September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

जापान मन्दीमा गयो

टोकियो, १ मंसिर। जापानको अर्थतन्त्र तेस्रो त्रैमासिकमा मन्दीमा गएको सोमबार प्रकाशित तथ्याङ्कमा देखिएको छ। यसका कारण प्रधानमन्त्री सिन्जे आबेले नयाा बिक्रीकर वृद्धि गर्ने प्रस्तावलाई विलम्ब गर्नुहुने र प्रतिद्वन्द्वी दललाई अगाडि बढ्न नदिन मध्यावधि निर्वाचनको घोषणा गर्नुहुने देखिएको छ। 
    जापानको अर्थतन्त्र गत केही वर्ष मन्दीमा गएको थियो र प्रधानमन्त्री आबेको दुईवर्षे काल बढ्दो राष्ट्रिय ऋण नियन्त्रण गर्न तथा आर्थिक सुधारमा केन्द्रित थियो। 
    जापानमा राष्ट्रिय ऋण नियन्त्रण गर्न बिक्रीकर बढाउनु अति आवश्यक देखिएको छ। यसो भए पनि ऋणको सीमा अप्रिल महिनामा बढाइएको थियो। उक्त समयमा प्रधानमन्त्री आवेप्रतिको समर्थन घटेको थियो र उहाँले जापानको पारमाणविक संयन्त्र पुनः आरम्भ गर्ने तथा सेनाको भूमिका बढाउने राजनीतिक पूँजीलाई उपयोग गर्नुभएको थियो। 
    क्यापिटल इकोनोमिक्सका मार्सेल थिएलियान्टले प्रधानमन्त्री आबेले अब बिक्रीकर बढाउने प्रस्तावलाई फिर्ता लिने र मध्यावधि निर्वाचन घोषणा गर्ने देखिएको बताउनुभयो। 
    तेस्रो त्रैमासिकमा कूल गार्हस्थ उत्पादन ०.४ प्रतिशतले घटेको देखिएको छ। यसका कारण वार्षिक वृद्धिदर १.६ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ। एएफपी