|
नापी कार्यालय डोल्पाले चाहिनेभन्दा धेरै दस्तुर उठाएपछि सर्वसाधारण मर्कामा
डोल्पा, ४ मंसिर। त्रिपुराकोट नापी कार्यालय डोल्पाले नागरिक बडापत्रमा उल्लेख गरिएको दस्तुरभन्दा धेरै रकम उठाउने गरेपछि सर्वसाधारण मर्कामा परेका छन्। लामो समयदेखि नक्सा टे्रेसिङ गरेको नागरिक बडापत्रमा रु. १०० शुल्क लाग्ने लेखिए पनि यसको रु ५०० उठाउने गरेको खुलासा भएको छ। ब्लुप्रिन्ट नक्सा बनाउने व्यवस्था नभएपछि फोटोकपीबाट निकाल्ने र प्रतिफोटोकपी रु. १०० लिने गरेको सेवाग्राही रविन्द्र शाहीले बताउनुभयो। उहाँले नागरिक बडापत्र पनि कसैले नदेख्ने ठाउँमा राख्ोको र आफूबाट नक्सा टे्रेसिङको आम्दानी रसिद नै नकाटी रु. ५०० लिएको उल्लेख गर्नुभयो। आम्दानी रसिद काट्नभन्दा कार्यालयका कर्मचारीले रसिद सकिएको भन्ने गरेको पछि आफूले खुलासा गर्ने बताएपछि आफू नयाँ कर्मचारी हुँ केही थाहा छैन भन्दै एक ठेली रसिद देखाएको उहाँले बताउनुभयो। लामो समयदेखि सर्वसाधारणबाट चाहिनेभन्दा धेरै दस्तुर उठाउने गरेको सो रकम आम्दानी रसिद नै नकाटी लिने राजस्वमा दाखिला नगर्ने गरेको शाहीले जानकारी दिनुभयो। रासस
|