September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

भू–प्रकोपसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं, ४ मंसिर। भू–प्रकोपसम्बन्धी जोखिम, रोकथामका उपाय र यस क्षेत्रमा निर्मित नयाँ–नयाँ प्रविधि र ज्ञानको आदानप्रदान गर्ने उद्देश्यले बिहीबारबाट यहाँ दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। 
    'भू–प्रकोप, विज्ञान, प्रविधि र व्यवस्थापन' (जिओहेजार्ड, साइन्स, इञ्जिनियरिङ एन्ड म्यानेजमेन्ट) विषयक सो सम्मेलनको उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले नेपालको भौगोलिक अवस्था र भू–विपद्का जोखिमका समस्याका बारेमा विज्ञहरूको अनुभव आदानप्रदानबाट यसको समग्र व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो। 
    उहाँले विकसित मुलुकमा निर्मित भू–प्रकोप व्यवस्थापनसम्बन्धी नयाँ प्रविधि नेपालमा भित्र्याउन र त्यसबारे ज्ञान हस्तान्तरण गर्न अन्तर्राष्ट्रिय विज्ञलाई आह्वान गर्नुभयो। 
    नेपाल भू–प्रविधि समाज
(नेपाल जिओटेक्निकल सोसाइटी) द्वारा आयोजित सम्मेलनमा अमेरिका, जर्मनी, जापान, दक्षिण कोरिया, इथोपिया, भारत र नेपालका गरी करिब १५० जना विज्ञान, प्रविधि र इञ्जिनियरिङ क्षेत्रका विज्ञको सहभागिता रहेको समाजका अध्यक्ष टुकलाल अधिकारीले बताउनुभयो।
    सम्मेलनका सहसंयोजक डा रञ्जनकुमार दाहालले भू–प्रकोप व्यवस्थापनका क्षेत्रमा खास गरी पहिरोजस्त्ाा प्रकोपको जोखिम मोलिरहेको नेपालले त्यसको रोकथामबारे नयाँ अनुभव हासिल गर्ने बताउनुभयो। रासस