September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

विद्रोही सैनिक तालिम केन्द्र आक्रमणमा बाइसको मृत्यु

याङ्गुन ४ मंसिर। म्यानमारको सुदूरउत्तरमा पर्ने काचिन प्रान्तमा अवस्थित एक विद्रोही सैनिक तालिम केन्द्रमा भएको आक्रमणमा २२ प्रशिक्षार्थीको मृत्यु भएको छ।
    काचिन प्रान्तको लाइजा सहरनजिकै जनजातिले गठन गरेको 'म्यानमार इन्डेपेन्डेन्स आर्मी (किया)  मा भएको सो आक्रमणमा अन्य १४ प्रशिक्षार्थी घाइते भएका स्थानीय सञ्चारमाध्यमले बिहीबार किया अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएका छन्।
     पाँच किलोमिटर उत्तरपूर्वमा पर्ने सो केन्द्रमा सरकारी स्थलसेनाले आज बिहानदेखि अन्धाधुन्ढ गोली प्रहार गर्दा उक्त घटना भएको जनाइएको छ।
    यस सम्बन्धमा सरकारीस्तरबाट कुनै जानकारी दिइएको छैन। विद्रोहीहरूले लाइजामा आफ्नो प्रमुख अड्डा जमाइबसेका छन्। गत अप्रिल महिनामा पनि काचिन प्रान्तका केही क्षेत्रमा सरकारी सैनिक र विद्रोहीबीच झडप भएको थियो। सिन्ह्वा