September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

'विश्वकप निर्णय क्रममा भ्रष्टाचार भएकै हो'

जुरिच, ४ मंसिर। फिफाकी एकजना सचेतक फिड्रा अलमजिदले भ्रष्टाचारबारे दुइ वर्ष लामो अनुसन्धानपछि हालै कतारलाई सफाइ मिले पनि कतारविरुद्ध आरोपहरू दोहोर्‍याएकी छन्।
    उनले कतारको सन् २१२२ मा विश्वकप गर्ने प्रयत्न सफल बनाउने क्रममा भ्रष्टाचार गरेको आरोप आफूले लगाएपछि आफ्नो जिन्दगी भने खतरामा परेको बताएकी छन्।
    उनी भन्छिन्, “अब (पछाडि कोही छ कि भनेर) जिन्दगीभर पिठ्यँु पछाडि हेर्दै बाँच्नुपर्ने स्थिति आइलागेको छ। मैले त्यसयता घृणा, त्रास र खतरासँग जुध्न परिरहेको छ।''
    अब (पछाडि कोही छ कि भनेर) जिन्दगीभर पिठ्युपछाडि हेर्दै बाँच्नुपर्ने स्थिति आइलागेको छ। मैले त्यसयता घृणा, त्रास र खतरासँग जुध्न परिरहेको छ।
    त्यसको प्रतिवि्र्कयामा कतारले भनेको छ उनीहरू विश्वकप आयोजना आफ्नो देशमा ल्याउन गरिएको प्रयत्नको विश्वसनीयताप्रति प्रतिबद्ध छन्। कतारको विश्वकप आयोजक समितिले भ्रष्टाचार गरेको आरोपको कडा खण्डन गर्दै आएको छ।'
    उनीहरूले भनेका छन् 'उनीहरूप्रति लागेको आरोप वर्षौं लगाएर गरिएका अनुसन्धान र परीक्षणपछि खारेज भइसकेको छ।
    अलमजिदले कतारी अधिकारीहरूले तीनजना फीफा अधिकारीहरूलाई पैसा दिएको भन्ने आरोप सन् २०११ मा लगाएकी थिइन्। तर पछि आफ्ना भनाइ फिर्ता लिएकी थिइन्। अहिले उनले भनेकी छन् मलाई आफ्नो भनाइ परिवर्तन गर्न बाध्य बनाइएको थियो। 
    उनले आफ्ना दाबीहरू भ्रष्टाचारको छानविन गरेका वकिल माइकल गारसियासँग दोहोर्‍याएकी थिइन्। 
    उनले भनिन् आफूलाई परेको खतराबारे थाहा पाएपछि सेप्टेम्बर २०११ मा अमेरिकी अनुसन्धान निकाय (एफबीआई)का अधिकारीहरूले उनलाई भेटेका थिए।
    उनले भनिन्'त्यसबेला उनीहरूले मलाई खतराबारे र विश्वकप बीडीङ सम्बद्ध भ्रष्टाचारबारे सोधेका थिए। उनीहरूले मलाई आवश्यक परे भ्रष्टाचारको अनुसन्धानमा सहयोग पुर्‍याउन अनुरोध गरेका थिए।'
    अलमजिदले भनेकी छन् उनी फिफाको गोप्य राख्ने संस्कृतिबाट वाक्क भएकी छन् र यी सबै कुरा उनले अनुसन्धानकर्ता वकिल गारसियालाई भनेकी थिइन्। तर नोभेम्बर १३ मा सार्वजनिक गरिएको भ्रष्टाचार अनुसन्धानसम्बन्धी रिपोर्टको सारांश लेखेका न्यायाधीशले भनेका छन् मजिदका प्रमाणहरू असङ्गत छन्। त्यसैले त्यसको विश्वसनीयतामा प्रश्न उठेको छ। गारसियाले पनि ती न्यायाधीशले लेखेको सारांशको आलोचना गरेका छन्।