September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

अफगानिस्तानमा भएको भिषण आक्रमणको सर्वत्र निन्दा


    काबुल, ८ मंसिर। अफगानिस्तानको पूर्वीय प्रान्त पाक्टिकामा आइतबार भएको रक्तपातपूर्ण आत्मघाती आक्रमणको सर्वत्र निन्दा भएको समाचार छ। यस आक्रमणबाट १ सय भन्दा बढी व्यक्ति मृत्यु वा घाइते भएका थिए। 
    भलिबल खेलको प्रतियोगिता भइरहेको एक स्थानमा भएको आत्मघाती आक्रमणमा ५० व्यक्तिको मृृत्यु हुनुको साथै अन्य ६० जना घाइते भएका थिए।
     स्थानीय समयाअनुसार आइतबार साँझ ४ः३० बजे आफ्नै शरीरमा विस्फोटक पदार्थ बोकेका एक व्यक्ति भलिबल प्रतियोगिता भइरहेको अवस्थामा सोही स्थानमा गई विस्फोटन गराएको जनाइएको छ। 
    यद्यपि यस आक्रमणको कुनै पनि आतङ्ककारी समूहले जिम्मा भने लएको छैन। तर प्रहरीले यति शक्तिशाली विस्फोटमा तालिावनकै हात हुनुपर्ने दाबी गरिरहेेको छ।  
     अफगानिस्तानमा सन् २००१ देखि तालिवान आतङ्ककारी समूहसँग युद्धरत नेटोसँग आवद्ध सैनिक यसै वर्षको अन्त्यबाट फर्किने निर्णय नेटोआबद्ध देशहरुले गरिसकेका थिए।
     अफगानिस्तानमा बाँकी रहेका करिब ५० हजार सैनिकलाई फर्काउने कार्य ती देशले सुरु गरिसकेका छन्।     
    तर तीमध्ये करिब १२ हजार सैनिक भने सन् २०१५ सम्म पनि अफगानिस्तानमै रहने द्विपक्षीय सुरक्षा सम्झौतामा अमेरिका र अफगानिस्तानबीच हस्ताक्षर भएको छ। सिन्ह्वा