September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

काश्मिरमा कडा सुरक्षा व्यवस्थाबीच मतदान

गन्दर्बाल (भारत), ९ मंसिर। भारत प्रशासित काश्मिरमा मङ्गलबार निर्वाचन सुरु भएको छ। मङ्गलबार बिहान ८ बजेबाट सुरु भएको सो निर्वाचनमा मतदान जारी रहेको छ। 
    विगत लामो समयदेखि दर्जनभन्दा बढीको सङ्ख्यामा रहेका विभिन्न सशस्त्र हतियारधारी विद्रोही समूहद्वारा विद्रोह जारी रहेको सो क्षेत्रमा जारी रहेको विधान सभाको निर्वाचनमा कडा सुरक्षा व्यवस्था अपनाइएको छ।
    मुस्लिमको बाहुल्य भएको प्रायः सधैंजसो विवादास्पद नै रही आएको सो क्षेत्रमा निर्वाचन सुरु भएको र त्यसमा भारतीय जनता पार्टीले नै जित हात पार्नसक्ने अपेक्षा गरिएको छ। 
    उहाँको दल भारतीय जनता पार्टी हिन्दूवादी दल हो। त्यसैले नै सो मुस्लिम समुदायको बाहुल्यता रहेको क्षेत्रमा निर्वाचन जित्न नसक्ने कतिपयले बताइरहेका छन् भने कतिपयले भने सो दलले पहिलाको तुलनामा ठूलो प्रगति गर्नसक्ने बताएका छन्। 
    सो क्षेत्रमा कम्तीमा पनि दशलाख नागरिक मतदाताका रुपमा वैध रहेका छन्। उनीहरूले मङ्गलबार बिहान आठ बजेदेखि नै पालो कुरेर मतदान थालेका बताइएको छ। 
    सो क्षेत्रलाई भारत र पाकिस्तान दुवै पक्षले आ–आफ्नो दाबी गर्ने गरेका छन्। जसका कारण पनि विगतमा यी दुई देशबीच युद्ध भएको थियो।
    यी दुई देशको सीमा क्षेत्रबाट नजिक रहेको सो क्षेत्रमा १५ वटा निर्वाचन क्षेत्र छन्। सो क्षेत्रमा मुस्लिम समुदायका नागरिकको बाहुल्य रहेको छ।
    सो क्षेत्रमा सन् १९८९ देखि करिब एक दर्जन विद्रोही समूहले भारत प्रशासित सो क्षेत्रमा सशस्त्र विद्रोह गरिरहेका छन्। 
    सो क्रममा उनीहरूले काश्मिरको स्वतन्त्रताको माग गरिरहेका छन्। यसैगरी अरु केही सङ्घ संस्था एवम् विद्रोही समूहले भने सो क्षेत्रलाई पाकिस्तानसँग गाभ्न पनि माग गरिरहेका छन्। 
    सो विद्रोह एवम् हिंसाका कारण त्यहाँबाट हजारौं व्यक्ति मारिएका छन् भने अरु लाखौं विस्थापित भएका छन्। तर उनीहरूको मागका बारेमा भारत वा पाकिस्तान दुवै पक्षबाट कुनै ठोस निर्णय हुन सकिरहेको छैन। एएफपी