|
सैनिक सेवाबाट बाल सैनिक निष्काशन
याङ्गुन, ९ मंसिर। म्यानमारले हालै सैनिक सेवाबाट ८० जना बाल सैनिकलवाई निष्काशन गरेको समाचार छ। ती बाल सैनिकलाई निष्कासित गरी बाबुआमाको जिम्मा लगाइएको अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्। उक्त कार्यले म्यानमारको सुरक्षा सेवाबाट बाल सैनिकलाई हटाउने कामको थालनी भएको बताइएको छ। म्यानमाकोे सशस्त्र बलले प्रकाशन गरेको पछिल्लो प्रतिवेदनअनुसार गत सेप्टेम्बरमा मात्र म्यानमारले सुरक्षा सेवाबाट झण्डै १०९ बाल सैनिकलाई हटाएको थियो। हालको तथ्याङ्कअनुसार भने घर फर्काइएका बाल सैनिकको सङ्ख्या ५५३ पुगेको छ। रक्षा सेवाबाट उमेर नपुगेका बालबालिकालाई सामेल नगराउने भनी म्यानमारले संयुक्त राष्ट्रसङघीय सम्झौतामा हस्ताक्षर गरेको छ। यस नियमलाई तोडी उमेर नपुगेका बाल सैनिकलाई सेनामा भर्ती गर्ने ३१९ सुरक्षाकर्मीको विरुद्धमा कडा कारबाही सुरु गरिएको जानकारी दिइएको छ। सिन्ह्वा
|