September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

अफगानिस्तानमा दुई नेटो सैनिकको मृत्यु

काबुल, ९ मंसिर। अफगानिस्तानमा सोमबार नेटोसँग आवद्ध दुई सैनिकको मृत्यु भएको  छ। नेटोसँग आवद्ध दुई अन्तर्राष्ट्रिय सुरक्षा सहयोगबल (आइएसएफ) का दुई सदस्य मारिएको आइएसएएफद्वारा मङ्गलबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ।  
    नोभ्ोम्बर २४ मा पूर्वी अफगानिस्तानमा भएको तालिवानी आक्रमणमा नेटो सेनाका दुई सदस्य मारिएको सो विज्ञप्तिमा जनाइएको छ।
    यद्यपि आएसएएफको नीतिअनुसार मारिएका ती सैनिकको राष्ट्रियता र परिचय सहितको विस्तृत विवरण भने दिइएको छैन।  
    स्थानीय सञ्चारमाध्यमले भने सोमबार विदेशी सैनिकलाई लक्ष्यगरी गरिएको यस आक्रमणमा एक सैनिकको मृत्यु हुनुको साथै अन्य दई अफगान नागरिक घाइते भएका जनाइएको छ। 
    अफगानिस्तानमा तालिवान समूहले अफगान र नेटोसँग आवद्ध सुरक्षाकर्मीलाई लक्ष्यगरी बारम्बार आक्रमण गर्ने गरेका छन्। 
     यद्यपि अफगानिस्तानमा सन् २००१ देखि तालिवान समूहसँग युद्धरत नेटोसँग आवद्ध सैनिक यसै वर्षको अन्त्यबाट फर्किने निर्णय नेटोआवद्ध देशहरूले गरिसकेका थिए।
     अफगानिस्तानमा बाँकी रहेका करिब ५० हजार सैनिकलाई फर्काउने कार्य ती देशले सुरु गरिसकेका छन्।    तर तीमध्ये करिब १२ हजार सैनिक भने सन् २०१५ सम्म पनि अफगानिस्तानमै रहने द्वीपक्षीय सुरक्षा सम्झौतामा अमेरिका र अफगानिस्तानबीच हस्ताक्षर भएको छ। सिन्ह्वा