September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

प्रश्नमा गल्ती भेटिएपछि परीक्षा प्रमुखद्वारा राजिनामा

सोल, ९ मंसिर। दक्षिण कोरियामा हालै सञ्चालन गरिएको एक माध्यामिक तहको परीक्षाको एक प्रश्नमा गल्ती भेटिएपछि परीक्षा प्रमुखले राजिनामा दिएको समाचार छ।
    सो गल्तीपछि त्यहाँका शिक्षामन्त्रीले पनि परीक्षाको प्रश्नपत्रमा भेटिएको गल्तीप्रति माफी माग्नुभएको छ। सो घटनापछि आफ्नो जिम्मेवारी स्वीकार गर्दै सोमबार राष्ट्रिय परीक्षा समितिका प्रमुखले आफ्नो पदबाट राजीनामा दिनुभएको हो। परीक्षा प्रणालीमा हुने त्यस्तो गल्तीले आफ्नो भविष्य बर्बाद हुनेभन्दै विद्यार्थीसँगै उनीहरूका अभिभावकले पनि परीक्षा सञ्चालन गर्ने समितिमा गुनासो पोखेका छन्। 
    शिक्षामन्त्री ह्वाङ्ग वाओे आले एक टेलिभिजनमार्फत आफूले माफी माग्दै यस्ता गल्तीलाई चाँडै नै हटाई प्रश्न प्रणालीमा सुधार ल्याउने बताउनुभयो।
    साथै उक्त प्रणालीमा भएको समस्यालाई बुझी आफूहरूले अनुसन्धान गर्ने जानकारी समेत उहाँले दिनुभएको जनाइएको छ।
    देशभरका करिब छ लाख ५० हजार विद्यार्थी गत नोभेम्बर १६ देखि मा लिइएको सो परीक्षामा सहभागी भएका थिए। 
    दक्षिण कोरियाका विद्यार्थीमा सफलता भन्नु नै सुरक्षितसाथ एउटा उच्च विश्वविद्यालयमा पढी आफ्नो सुमधुर वैवाहिक जीवन र राम्रो भविष्य बनाउनु हो। एएफपी