|
चालकरहित विमान आक्रमणमा चारको मृत्यु
पेसावर (पाकिस्तान), १० मंसिर। पाकिस्तानको आदिवासी इलाकमा बुधबार अमेरिकाद्धारा गरिएको एक चालकरहित विमान आक्रमणमा कम्तीमा चार सदिग्ध आतङ्ककारीको मृत्यु भएको छ। अफागानिस्तानको सीमाक्षेत्रमा पर्ने उत्तरी वजिरिस्तानदेखि ६० किलोमिटर टाढा रहेको कुन्द सार गाउँमा आतङ्ककारी लुकेर बसेका एक परिसरलाई लक्ष्यगरी सो विमान आक्रमण गरिएको जनाइएको छ। सो आक्रमणमा गरिएको दुई वटा क्षेप्यास्त्र आक्रमणबाट चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका एक सुरक्षा अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन्। सुरक्षा अधिकारीका अनुसार क्षेप्यास्त्र आक्रमण गरिएको भग्नावशेषमा अरु पनि शव हुन सक्ने यसबाट मृतक सङ्ख्या बढ्न सक्नेछ। एक गुप्तचर अधिकारी र पेसावरस्थित अर्का एक सुरक्षा अधिकारीले सो विमान आक्रमणको पुष्टि गर्नुभएको छ। सो इलाकामा हक्कानी सञ्जाल र विदेशी आतङ्ककारी सक्रिय रहेका सो स्रोतले जानकारी दिएको छ। पाकिस्तानको सातवटा अराजक आदिवासी इलाकामध्ये उत्तर वाजिरिस्तान एक हो। यहाँ लामो समयदेखि अलकायदा र तालिवान आतङ्ककारी समूहको बलियो प्रभाव रहेको छ। उत्तरी वजिरिस्तानमा गत जुनदेखि पाकिस्तानी सैनिकले सुरु गरेको भिषण कारबाहीको क्रममा १५ सय आतङ्ककारीको मृत्यु भएको जनाइएको छ। यसैगरी सोही कारबाहीको क्रममा १२५ सैनिकको पनि ज्यान गुमाएका सैनिक स्रोतले जानकारी दिएको छ। एएफपी
|