September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

अमेरिकी रक्षामन्त्रीले दिए राजीनामा


    काठमाडौं, ९ मंसिर। अमेरिकी रक्षामन्त्री चक हेगलले राजीनामा दिएका छन्। करिब दुई वर्षसम्म रक्षा मन्त्रालय चलाएका हेगलले आफ्नो राजीनामा राष्ट्रपति बाराक ओबामासमक्ष पेश गरेका थिए।
    राजीनामा स्वीकृत गर्दै राष्ट्रपति ओबामाले हेगलले पुर्‍याउनु भएको सेवाप्रति धन्यवाद दिएका छन्। देशकातर्फबाट भियतनाम युद्धमासमेत सहभागी भएका ६८ वर्षीय हेगलले रक्षा मन्त्रालय जस्तो जिम्मेवारीमा रहेर काम गर्न पाउनु आफ्ना लागि ठूलो भाग्य र अवसर बनेको बताए।
    इस्लामिक स्टेट र सिरियाली शासकविरुद्ध लिइएको अमेरिकी नीतिप्रति गएको महिना उनले असन्तुष्टि जनाएपछि राजीनामा आएको विश्लेषण गरिएको छ।
    रक्षा मन्त्रालय सम्हाल्नुअघि हेगल आफ्नो गृह राज्य नेब्रास्काबाट रिपब्लिकनका लागि १२ वर्षसम्म सिनेटर रहेका थिए।