हवाई आक्रमणमा ९५ को मृत्यु
बेरुत १० मंसिर। सिरियामा इस्लामिस्ट स्टेट (आईएस) समूहद्धारा स्वघोषित राजधानी राकामा सिरियाली सरकारी सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ९५ जनाको मृत्यु भएको मानव अधिकारवादी समूहले जनाएको छ। यस आक्रमणको क्रममा मारिएका कम्तीमा ५२ जना सर्वसाधारण नागरिक रहेको पनि सो समूहले जानकारी दिएको छ। तर बुधबार भएको हवाई आक्रमणमा मारिएका जिहादी हो या सर्वसाधारण सो भने पुष्टि नभएको जनाइएको छ। केही हवाई आक्रमण आइएस नियन्त्रण जमाएको स्थानलाई लक्ष्यगरी गरिएको बेलायतसँग आवद्ध अब्जरभेटरीका निर्देशक रामी अब्देल रहमानले बताउनुभएको छ। राका सिरियाली सेनाबाट नियन्त्रण गुमेको पहिलो प्रान्तीय राजधानी हो। राकामा जिहादी समूहविरुद्ध अमेरिकासँग आवद्ध हवाई आक्रमण पनि बारम्बार हुने गरेको छ। एएफपी
|