September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

अवैधानिक रुपमा सञ्चालित निजी विद्यालय बन्द गर्न निर्देशन

महोत्तरी, ११ मंसिर। शैक्षिक क्षेत्रमा व्यापक अनियमितता हुने गरेको गुनासो बढ्न थालेपछि जिल्ला शिक्षा कार्यालय महोत्तरीले विद्यालयमा आकस्मिक छड्के अनुगमन गरी अवैधानिकरुपमा सञ्चालित निजी विद्यालय बन्द गर्न निर्देशन दिएको छ। 
    नेपाल सरकारबाट वैधानिक मान्यता नलिई बोडिङ स्कूल सञ्चालन गरिएको पाइएपछि  शिक्षा अधिकारी अरविन्दलाल कर्णले  स्थलगत अनुगमन गरेर कारबाही प्रक्रिया अघि बढाउनुभएको हो।
    दुई दिनको अवधिमा महोत्तरीको उत्तरी क्षेत्रको ११ वटा निजी विद्यालयमा अनुगमन गरी पाँचवटा बोर्डिङ स्कूलको शिक्षक तथा विद्यार्थीको हाजिरकापी नियन्त्रणमा लिएको छ। कर्णको नेतृत्व टोलीले छड्के अनुगमन गरेर कारबाही प्रक्रिया पनि सँगसँगै अघि बढाएको छ। यसरी कारबाहीमा पर्ने स्कुलमा मोर्डन बराइट फ्ियूचर बोर्डिङ स्कूल खैरमारा, प्रजव शिशु सदन इग्लिस बोर्डिङ स्कूल टुटेश्वर,  निरधन बोडिङ स्कूल लक्ष्मीनियाँ, चैतन्य बोर्डिङ स्कूल सिंग्याही र सिहंग्याही गोलोरी पब्लिक सेन्डरी बोर्डिङ स्कूलको हाजिरकापी नियन्त्रणमा लिइएको छ। विद्यालयको अनुगमन अझै केही दिन चल्ने जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ।     रासस