September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

पूर्वाञ्चलका वन कर्मचारीद्वारा राजीनामा

विराटनगर (बरगाछी), ११ मङ्सिर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रको छानबिन तीव्र बनाएपछि पूर्वाञ्चलका विभिन्न जिल्ला वन कार्यालयमा कार्यरत १०३ कर्मचारीले राजीनामा दिएका छन्।
    पूर्वाञ्चलको विभिन्न जिल्लामा कार्यरत १०३ जना सहायक वनरक्षक, फरेस्टर, सशस्त्र वनरक्षक, जमदार र नायब सुब्बासमेतले राजीनामा दिएको क्षेत्रीय वन निर्देशनालय विराटनगरले जनाएको छ।
    पूर्वाञ्चल क्षेत्रीय वन निर्देशनालयअन्तर्गत मोरङ जिल्ला वन कार्यालयबाट सशस्त्र वनरक्षक २३, सहायक वनरक्षक ११, फरेस्टर चार, जमदार १२ र अन्य चारजना गरी जम्मा २६ जना कर्मचारीले राजीनामा दिएका छन्।
    सुनसरीबाट जमदार १०, सशस्त्र वनरक्षक १०, फरेस्टर दुई नायब सुब्बा एक, वनरक्षक पाँच र अन्य आठजना गरी जम्मा १८ जना कर्मचारीले अहिलेसम्ममा राजीनामा गरिसकेका छन्। अख्तियारको डरले राजीनामा गर्नेमा सप्तरीमा सहायक वनरक्षक पाँच, सशस्त्र वनरक्षक सात, फरेस्टर एक, जमदार दुई र अन्य एकजना छन्।    सिराहा जिल्लाबाट राजीनामा दिनेमा सहायक वनरक्षक पाँच, सशस्त्र वनरक्षक आठ, जम्ादार तीनजना छन्।
    उदयपुर जिल्लाबाट  फरेस्टर छ, सशस्त्र वनरक्षक १९, जमदार १९ र अन्य छजना कर्मचारीले सम्बन्धित जिल्ला वन अधिकृतलाई राजीनामा बुझाएको क्षेत्रीय वन कार्यालय विराटनगरले जनाएको छ।        झापा जिल्लाबाट अहिलेसम्म राजीनामा दिनेमा फरेस्टर तीन, सशस्त्र वनरक्षक १४, ड्राइभर एक र जमदार १४ जना छन्। 
    त्यस्तै इलाम जिल्ला वन कार्यालयअन्तर्गत कार्यरत रहेका जमदार आठ, सशस्त्र वनरक्षक आठ, फरेस्टर पाँच, वनरक्षक एक र अन्य छजना कर्मचारीले राजीनामा गरेका छन्।    विभिन्न पदमा रही कार्यरत रहेका कर्मचारीबाट भएको पद त्यागले जिल्लामा वनको सुरक्षामा समस्या भएको क्षेत्रीय वन निर्देशक प्रकाशनाथ प्याकुरेलले बताउनुभयो।             रासस