September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

विधानसभाको चुनावका लागि पैसा जम्मा पार्न भोज


    एजेन्सी मुम्बई, मंसिर १३। भारतको आम आदमी पार्टीले दिल्ली विधानसभा चुनावका लागि पैसा सङ्कलन गर्न आयोजना गरेको भोजबाट ९० लाख भारु जम्मा पारेको छ।
    मुम्बईमा बिहीबार साँझ आयोजित भोजमा २ सय जना सहभागी थिए। भोजमा एक प्लेट खानाको वीस हजार भारु मुल्य तोकिएको थियो। 
    भोजमा पार्टीका कार्यकर्ता र शुभचिन्तक, बलिउड कलाकार र ब्यापारी सामेल भएको बताइएको छ। पार्टीको महाराष्ट्र कमिटीले भोज आयोजना गरेर ५ करोड भारु कमाउने लक्ष्य राखेको पार्टीकी नेता प्रिती शर्मा मेननले बताइन्। 
    अर्को भोजको आयोजना बैंगलुरु शहरमा आयोजना गरिनेछ। पार्टीका केन्द्रीय अध्यक्ष अरविन्द केजरीवाल पनि चुनावी अभियानका लागि पैसा जम्मा गर्न नयाा खालको प्रयोग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।