September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

प्ा्करार अभियुक्तहरू पक्राउ

धनगढी, १६ मंसिर।  कुटपिट मुद्दामा कैलाली जिल्ला अदालतबाट दोषी ठहर भई चार वर्षदेखि फरार पाँच अभियुक्तलाई प्रहरीले सोमबार पक्राउ गरेको छ। 
    क्षेत्रीय अनुसन्धान समूहको प्रहरी टोलीले कुटपिट मुद्दामा दोषी ठहर भई फरार रहेका कैलाली दोदोधारा गाविस–२ का हिरासिं बम, काली बम र  रूपा बम तथा बौनिया गाविसका कुटपिट मुद्दाकै फरार अभियुक्त भरत नेपाली र  दलबहादुर मौनीलाई पक्राउ गरेको हो।
    अभियुक्तलाई जिल्ला अदालत कैलालीको जिम्मा लगाइएको छ। जिल्ला अदालतले २०६७ सालमा कुटपिट मुद्दाका अभियुक्तलाई जरिवानाको फैसला सुनाएको थियो।  रासस