September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

देवकोटाको 'चम्पा'उपन्यास हिन्दीमा आउने

काठमाडौं, १६ मंसिर। नेपाल प्रज्ञा–प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'चम्पा'उपन्यासलाई हिन्दी भाषामा अनुवाद गरी प्रकाशन गर्ने भएको छ।
    प्रज्ञा–प्रतिष्ठान साहित्य(अनुवाद)विभाग प्रमुख प्रा. डा. उषा ठाकुरले चालु आवमा देवकोटाको एकमात्र सो उपन्यास अनुवाद गरी प्रकाशनमा ल्याइने जानकारी दिनुभयो। 
    उहाँले चालु आवमा नेपाली भाषाका प्रतिनिधि कविताको हिन्दी अनुवाद गरिने, इन्दिरा प्रसाईंको 'रनमाया' उपन्यास अङ्ग्रेजीमा अनुवाद गरिनेे, सार्कका महिला कथाकारका प्रतिनिधि कथा, पाश्चात्य समालोचना र संस्कृत आख्यानको नेपाली अनुवाद गरिने तथा हिन्दीका १५ र नेपाली भाषाका १०कथाको अवधी भाषामा अनुवाद गरिने बताउनुभयो। 
    प्राज्ञ प्रा. डा. ठाकुरका अनुसार रवीन्द्रनाथ ठाकुरका प्रतिनिधि कथाको हिन्दीबाट नेपालीमा अनुवाद तथा रामप्रसाद राय थारुद्वारा लिखित नेपाली भोजपुरी साहित्यको प्रथम उपन्यास 'थरुहट के बउआ अओर बहुरिया' (थरुहटका छोरा र बुहारी),२०२९ को नेपाली अनुवाद गरिने योजना छ। 
    विभागले हिन्दी भाषाको प्रज्ञा पत्रिका 'रुपान्तरण'को तेस्रो अङ्कको तयारी पनि गर्दैछ।  रासस