September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

उत्तरपूर्वी केन्यामा ३६ को हत्या

नाइरोबी, १६ मंसिर। उत्तरपूर्वी केन्यामा मङ्लगबार बन्दुकधारीको एक समूहले आक्रमण गरी ३६ कामदारको आमहत्या गरेको प्रहरी र रेडक्रस स्रोतले जानकारी दिएको छ। 
    मानडेरा सहरनजिकै सोमालियाको सीमामा पर्ने एक इलाकामा मङ्गलबार बिहान सबेरै आक्रमणकारीको एक समूहले त्रिपाल लगाएर सुतिरहेका कामदारहरूलाई जथाभावी गोली प्रहार गरी हत्या गरेको सो स्रोतले जानकारी दिएको छ।
    सो स्थानमा सोमालियाको अल–कायदासँग आबद्ध सेवाव र अन्य आतङ्ककारी समूहले शृङ्खलावद्ध रुपमा आक्रमण गराउँदै आएका केन्या सञ्चारमाध्यमले जानकारी दिएको छ।
    सोमालियाली इस्लामिस्ट अतिवादी समूहले नै सो आक्रमण गरेको प्रहरीले आशङ्का व्यक्त गरेको छ।  
     एक वरिष्ठ प्रहरी अधिकारीले यस आक्रमणमा ३६ व्यक्तिको हत्या हुनुको साथै अन्य तीन अपहरण भएका जानकारी दिएका छन्। सोमबार अबेर रातिदेखि मङ्गलबार बिहानसम्म नै भएको यस आक्रमणको कुनै पनि समूहले जिम्मा भने लिएको छैन। 
    केन्यामा सन् २०११ देखि सोमालियाली आतङ्ककारी समूहलगायत सेवा समूहको पनि सहभागितामा शृङ्खलाबद्ध आक्रमण हँुदै आएको छ।        एएफपी