|
भारत प्रशासित काश्मिरमा पाँच बन्दूकधारी मारिए
श्रीनगर (भारत प्रशासित काश्मिर), १७ मंसिर। भारत प्रशासित काश्मिरको कुप्वारा जिल्लामा बन्दूकधारीको एक समूह र भारतीय सैनिकबीच भएको दोहोरो गोली हानाहानमा पाँच बन्दूकधारीको मृत्यु भएको समाचार छ। उक्त जानकारी स्थानीय अधिकारीहरुले बुधबार दिएका छन्। यस घटनाको क्रममा भारतीय सैनिकतर्फ पनि दुईजना घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ। काश्मिरको कुप्वारामा मङगलबार स्थानीय निकाय निर्वाचनमा मतदान भइरहेको अवस्थामा सशस्त्र बन्दूकधारी समूहले आक्रमण गरेको बताइएको छ। बन्दूकधारी नोउगाम क्षेत्रको नियन्त्रण रेखा पारगरी आएका बताइएको छ। भारत प्रशासित काश्मिरमा हालैका दिनमा हत्याको शृङ्खला बढिरहेको छ। केही दिनमात्र अघि सो क्षेत्रमा एकजना स्थानीय नेताको हत्या भएको थियो। सो हत्यामा पनि त्यहाँ सशस्त्र विद्रोह गरिरहेको समूहले गरेको बताइएको छ। सिन्ह्वा
|