September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

तलब नआएपछि सहरी क्लिनिक सञ्चालनमा कठिनाइ

कपिलवस्तु (तौलिहवा), १८ मङ्सिर। कर्मचारीको तलब नआएपछि ढेड वर्षअघि मात्र सञ्चालित कपिलवस्तु नगरपालिका–१२ डेरवामा सञ्चालित सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा कठिनाइ भएको छ। 
    क्लिनिकमा कार्यरत तीन कर्मचारीले लामो समयदेखि तलब नपाएपछि सो सञ्चालनमा कठिनाइ भएको हो। गत वर्ष कपिलवस्तु नगरपालिकाले भवन निर्माणका लागि आएको रकमले कर्मचारीलाई तलब खुवाए पनि त्यसपछि रकम नआएपछि सञ्चालनमा ठूलो समस्या आइपरेको छ। स्वास्थ्य सेवा विभागको सहरी स्वास्थ्यअन्तर्गत पुनः जागरण महाशाखाको सहयोगमा स्वास्थ्य कार्यालयले क्लिनिक सञ्चालन गरिएको हो। 
    महाशाखाले चालु आर्थिक वर्षदेखि बजेट उपलब्ध नगराएपछि पदपूर्ति गरिएका कर्मचारीले  विगत पाँच महिनादेखि तलब पाएका छैनन्। तौलिहवा अस्पतालबाट चार किलोमिटर टाढा रहेको तीनवटा वडाका नगरवासीलाई लक्षित गरी गोरुसिङ्गे सडकअन्तर्गत डेरवामा क्लिनिक सञ्चालन गरिएको हो।
    महाशाखाले क्लिनिकका तीन कर्मचारीको तलबभत्ता र भवन निर्माणका लागि विगतमा बजेट पठाए पनि अहिले रोकिएको स्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक अनन्त शर्माले बताउनुभयो। 
    नगरपालिका कार्यकारी अधिकृत दिवाकर भुजेलले कर्मचारी र औषधिको जिम्मा स्वास्थ्य कार्यालयको रहेकाले त्यसको व्यवस्थापन उसैले गर्नुपर्ने बताउनुभयो। रासस