September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

फ्रान्सेली संसद्द्वारा प्यालेष्टाइनलाई स्वतन्त्र मुलुक मान्ने निर्णय

पेरिस, १८ मंसिर।  प्यालेष्टाइनलाई स्वतन्त्र मुलुक स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा फ्रान्सेली संसदमा मतदान भएको छ। मतदानमा स्वीकार गर्ने पक्षमा ३३९ मत र विपक्षमा १५१ मत परेकाले फ्रान्सले प्यालेष्टाइनलाई स्वतन्त्र मुलुकका रुपमा स्वीकार गरेको छ।
    फ्रान्सेली संसदले आफ्नो सरकारलाई प्यालेष्टाइनलाई स्वतन्त्र मुलुकका रुपमा स्वीकार गर्न निर्देशन पनि दिएको छ। डिसेम्बर २ तारिख नै प्यालेष्टाइनका विदेशमन्त्री रियाद अल–माल्कीले फ्रान्सेली संसदको सो निर्णयबाट प्यालेष्टाइनलाई स्वतन्त्र मुलुकका रुपमा यूरोपमा पहिचान गराउने सहयोग पुगेको बताउनुभयो।