September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

बेलायतले हङकङ मामिलामा जिम्मेवारी रहेको भन्ने भनाइलाई चीनद्वारा अस्वीकार

पैचिंग, १८ मंसिर। बेलायती संसदको तल्लो सदनले मंगलबार चीनको हङकङ मामिलाबारे बहस आयोजना गरेको थियो। “चीन बेलायत संयुक्त वक्तव्य'' मा हस्ताक्षर गरेको बेलायताले हङकङबारे जिम्मेवार रहने बेलायतले ठहर गरेको छ।
    आज पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा सम्वाददाताले चीनका परराष्ट्र मन्त्रालयका प्रवक्तालाई सो विषयमा प्रश्न गरेका छन्।
    चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वाङ छुङ यीङले सन् १९९७  मा हङकङ चीनमा फर्केको र हङकङ चीनको विशेष प्रशासनिक क्षेत्र रहेको बताउनुभयो। 
    उहाँले सन् १९८४ मा हस्ताक्षर गरिएको “चीन बेलायत संयुक्त वक्तव्य'' मा चीन र बेलायतको अधिकार र बाध्यतालाई स्पष्ट रुपमा विभाजित गरिएको बताउनुभयो। 
    “चीन बेलायत संयुक्त वक्तव्य “मा हङकङ चीनमा फर्केपछि बेलायतको हङकङमाथि कुनै अधिकार नरहने, शासन अधिकारमा कुनै हैसियत नरहने र पर्यवेक्षण अधिकार समेत नरहने स्पष्ट उल्लेख भएको प्रवक्ता ह्वाले बताउनुभयो।