|
विश्वको तापमान लगातार बढ्दो क्रममा
लिमा, १८ मंसिर। वर्ल्ड मिटियोरोलोजिक अर्गनाइजेसन् (विश्व मौसमविज्ञान सङ्गठन)ले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार विश्वको तापमानमा देखिएको वृद्धि विश्वको हावापानी परिवर्तनको क्रमसँग मिल्दोजुल्दो छ। पेरुमा जारी हावापानी परिवर्तनबारेको सम्मेलनमा सार्वजनिक गरिएको प्रतिवेदनमा सो निकायले समुद्री सतहमा बढेको तापक्रमका कारण मोरक्को, टर्की र बाल्कन्स क्षेत्रमा अप्रत्यासित रुपमा वर्षा भएको उल्लेख गरेको छ। त्यसै कारण अन्य ठाउँहरूमा चर्को खडेरी परेको प्रतिवेदनले जनाएको छ। विश्व मौसमविज्ञान सङ्गठनका प्रमुख माइकल जराउडले बढ्दो हरितगृह वायु उत्सर्जनका कारण पृथ्वीको भविष्य अनिश्चित भइरहेको भन्दै चिन्ता व्यक्त गरे। ब्रिटेनमा त्यस्तो देखिन थालेको अधिकारीहरूले बताएका छन्। सन् २०१४ को पहिलो ११ महिनामा विश्वव्यापी हावाको तापक्रम औसत शून्य दशमलव ५७ सेल्सियम मापन गरिएको थियो। जानकारहरूका अनुसार यो लामो समयको औषतभन्दा बढी हो। हावापानीमा देखिएको परिवर्तनका आधारमा हामीले सन् २०१४ को सन्दर्भमा गरेको प्रारम्भिक अनुमान भरपर्दो छ। पहिलो ११ महिनामा ब्रिटेनको तापक्रम लामो समयको औसत १ दशमलव ६ सेल्सियस मापन गरिएको छ। ब्रिटेनको मौसम विभागले गरेको एउटा छुट्टै अध्ययनले हरितगृह ग्यास उत्सर्जनको प्रभावविना नै तापमान बढ्ने देखाएको छ। विश्व मौसमविज्ञान सङ्गठनको भनाइमा तापक्रममा पछिल्ला ११ महिनामा देखिएको प्रवृत्ति बाँकी दुई महिना जारी रहे यसवर्षको तापमान, सन् १९८८, २०१५ र २०११ को तापमानभन्दा थोरै अन्तरले बढी हुनेछ। सो सङ्गठनका प्रमुख माइकल जराउडले भने, 'हावापानीमा देखिएको परिवर्तनका आधारमा हामीले सन् २०१४ को सन्दर्भमा गरेको प्रारम्भिक अनुमान भरपर्दो छ।” उनले सबैभन्दा बढी गर्मी हुने १५ वर्षहरूमध्ये १४ वर्ष २१ आंै शताब्दीमा भएको बताए। उच्च तापमानसँगै अविरल वर्षापछि आएको बाढीले जनजीवनमा असर पारेको उनको भनाइ थियो। उनले थपे,'यो असमान्य हो र यसले उत्तरी ध्रुवसहित समुद्र सतहको ठूलो क्षेत्रमा यो वर्ष उच्च तापमान हुने देखिएको छ।” |