|
हङकङ मामिला चीनको आन्तरिक मामिला: चिनियाँ परराष्ट्र मन्त्रालय
बेइजिङ्ग, १९ मंसिर (सीआरआई)। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुङ यीङले नियमित पत्रकार सम्मेलनमा हङकङ मामिला चीनको आन्तरिक मामिला रहेको भन्दै कुनै पनि मुलुकले कुनै पनि तरिकामार्फत हङकङ मामिलामा हस्तक्षेप गर्ने कुरालाई चीनले कडा विरोध गरेको बताउनुभयो। अमेरिकी सहायक विदेशमन्त्री डेनिएल सुस्सेलले हालै हङकङमा जारी विरोध कार्यक्रम 'केन्द्र कब्जा' मा बाहिरी शक्तिहरुसँग कुनै सम्बन्ध नरहेको र अमेरिकाले त्यस्ता विरोध कार्यक्रमलाई उत्साहित नगरेको बताउनुभएको थियो। प्रवक्ता ह्वाले हङकङको स्थिरता र समृद्धिका लागि सम्बन्धित मुलुकद्वारा आफ्नो वचनबद्धताको पालना हुने आशा व्यक्त पनि गर्नुभयो।
|