September 1, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

भारतमा गएराति ५.८ म्याग्नीच्युड्को भूकम्प

नयाँदिल्ली, २५ माघ। भारतको उत्तराखण्डमा सोमबार राति स्थानीय समयअनुसार १०.३३ बजे ५.८ म्याग्नीच्युडको भूकम्प आएको भारतीय जलवायु तथा मौसम विभागले जनाएको छ। 

भूकम्पको केन्द्रविन्दु रुद्रप्रयाग जिल्लाको उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनदेखि १८० किलोमिटर पूर्वमा रहेको जनाइएको छ। 

उत्तर प्रदेशबाहेक अन्य छिमेकी प्रदेशहरू र राजधानी नयाँ दिल्लीमा भूकम्पको महसुस गरिएको बताइएको छ। 

भूकम्प आएपछि स्थानीय बासिन्दा घरबाट भागेर खुला ठाउँमा जम्मा भएका थिए। उनीहरू अहिले पनि त्रसित भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। 

“म कार्यालयमा काम गरिरहेको थिएँ। टेवुलमा रहेको खाली बोत्तल अचानक भुइँमा खस्यो, म रहेको भवन पुरै हल्लिएपछि मलाई सार्‍है डर लाग्यो,” दिल्लीका एक बासिन्दा अनिल अग्रवालले सिन्ह्वालाई भन्नुभयो। भूकम्पको कारण कुनै मानवीय क्षति भएको खबर भने नआएको अधिकारीहरूले जनाएका छन्।           सिन्ह्वा