November 17, 2017

देश विदेश समाचार

बाँकि समाचार
 

होटलमा बन्दुकधारीले गरेका आगजनीमा ३६ को मृत्यु

मनिला, १९ जेठ। फिलिपिन्सको राजधानी मनिला अवस्थित होटलको क्यासिनो कक्षमा एक बन्दुकधारीले गरेको आगजनीमा परी ३६ को मृत्यु भएको छ। यस घटनामा अन्य दर्जनौं घाइते भएका प्रहरी स्रोतले जनाकारी दिएको छ।  

बिहीबार मध्यराति एक बन्दुकधारीले गरेको यस आक्रमणमा परी आक्रमणकारी स्वयम्लगायत ३६ जनाको मृत्यु भएको हो। आगजनी र गोलीसमेत प्रहार गरी ३६ जनाको हत्या गरेपछि उनी स्वयम्ले आमहत्या गरेका थिए। 

यस आगजनीको पाँच घण्टापछि आक्रमणकारी स्वयम्ले आत्मदाह गरेका र ती बन्दुकधारी आगजनीको क्रममा एम ४ राइफल र पेस्टोलसमेत प्रयोग गरेको प्रहरी अधिकारी रोनाल्ड डेला रोसाले बताएका छन्। फिलिपिन्सको सुरक्षा अधिकारीहरूले यो घटना आतङककारीहरूले गराएको नभई 'सन्काहा' व्यक्तिले गराएको बताएका छन्। 

“क्यासिनोको दोस्रो तलाको भित्री भागमा केही शवहरू भेटिएका थिए भन्ो, अन्य केही शवहरू होटेलको आराम कक्षमा भेटिएका दक्षिणी जिल्लाका प्रहरी प्रमुख टोमस अपोलिनारिओले बताउनुभएको 

छ।  

हाल होटेल प्रहरीको कडा निगरानीमा रहेको त्यहाँ कसैलाई पनि जान नदिइएको टोमसले बताउनुभएको छ। “घटनाको बारेमा अनुसन्धान भइरहेको छ, शङ्कास्पद व्यक्तिहरूको पहिचान भइसकेको छ,” उहाँले थप जानकारी दिनुभएको 

छ। एएफपी/सिन्ह्वा